मोबाइल किन्दा १ लाखको जीवन बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 05:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेपछि आधादर्जन अफर थपिएको छ । 

एउटा मोबाइल किन्दा अर्को मोबाइल निशुल्क पाउने यस अघिको योजनामा मोबाइलका ४ मोडलहरु थप गरिएको छ । यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवनबीमा, निशुल्क सिनेमा टिकट लगायतका अफरहरु थपगरिएको छ । ६ सय ५० रुपैंयामा मोबाइल किन्नेहरु पनि अफरमा सहभागि हुन सक्ने जनाईएको छ । 

चाबहिलचुच्चेपाटी स्थित के एलमोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा अफरहरु थप गरिएको हो । 

मोबाईल मेलाअवधिमा एउटा मोबाइलकिन्दाअर्को मोबाइलसित्तैंमापाइने अफर आईमार्स मिल्की वे एम २, आई मार्स भि सन ६, नुबिया जेट मिनी १७, जेट १७ मिनी एस्, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलको हकमा लागू हुनेछ । 

१५ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स मिल्की वे एम टू मा २ वटा सिम कार्ड, ओ एस एण्ड्रोइड ८.१ भर्सन, ३२०० एमएएचको व्याट्री, ५ दशमलव ४५ इञ्चको स्क्रीन, ८ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा, २ जीबी र्याम तथा १६ जीबी स्टोरेज छ । 

१० हजार ४ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७, ५ इञ्चको एचडी आईपीएस स्क्रीन१ जीबी र्याम, १६ जीबी स्टोरेज, २२०० एमएएचको व्याट्री छ । 

नुबिया ब्राण्डको बिशेषता सिडीएमए तथाजिएसएमसिमएकै साथप्रयोग गर्न सकिन्छ । २८ हजार ९ सय९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७मिनीमा ५.२ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, १६ मेगापिक्सेलको फ्रण्ट तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ ।

त्यसै गरी ३६ हजार ९ सय९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबिया जेड १७मिनीएसमा ५.२ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४जीबी स्टोरेजका साथै पछिल्ला एण्ड्रोइड फिचर समावेश गरिएको छ । 

३४ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ लाइटमा ५.५ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४ जीबी स्टोरेज, फंिगरप्रिण्टका साथै आधुनिकफिचर्स छन् । 

३१ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबियाभी १८ मा६ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, भी७.१ एण्ड्रोइड भर्सन, ४००० एमएएचको व्याट्री, फिंगरप्रिण्ट सेन्सर लगायतकाविशेषता छन् । 

मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशत सम्मको छुटमा किन्न सकिन्छ । मेला अवधिमा मोबाइलखरिद गर्नेले एफक्युब सिनेमा सिने डिसी सिनेमाको टिकट निशुल्क पाउने छन् । 

गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइलबितरण गरिने छ । मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved