एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका विजेता घोषणा, १० जनाले पाए स्मार्टफोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 07:36:51 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई स्मार्टफोन हस्तान्तरण गरिएको एनसेलले जनाएको छ।

एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको यो योजना साउन १३, २०७६ सम्म संचालनमा रहनेछ। यस योजना अन्तर्गत विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस स्वरुप १० मिनेट सम्म पाउछन् । यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्दछन् ।     

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन। यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १-१ थान स्मार्टफोन पाउछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट हुन्छ। 

यो योजना सुरु भएको चार हप्तामा सम्ममा ४० जना ग्राहकहरु स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन। जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरि सकेको र अन्य ३० ग्राहकको पहिचान प्रमाणित भई सकेको एनसेलले जनाएको छ। 

एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार यो योजना अन्तर्गतको विजेताहरुको  छनोट गरिन्छ । प्रमाणिकरण भईसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यलयबाट तथा देशभरीका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिदै आएको छ । 

यो योजना अन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved