ओपोले ल्यायो सित्तैमा कुरा गर्न सकिने नयाँ प्रविधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 05:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ बिना नै कुराकानी गर्न सकिने नयाँ प्रविधिको विकास गरेको छ । एमडब्ल्यूसी शाङघाइ २०१९ मा ओपोले यस्तो प्रविधिको प्रदर्शन गरेको हो । जस अनुसार ओपोका उपकरणका विच एकआपसमा ३ किलोमिटरसम्म सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ  भ्वाइस बिना नै म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने छ  । ओपोले यसलाई प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक भनेको छ  ।

यस प्रविधिले धेरै यन्त्रलाई एड होक लोकल एरिया नेटवर्क (ल्यान) निर्माण गरी ग्रुप च्याट क्षमता तथा सिग्नल रिले मार्फत कम्यूनिकेशन रेञ्ज फराकिलो बनाउन सघाउँने कम्पनीले जनाएको छ  ।  

सोहि कार्यक्रममा कम्पनीले वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी)पनि प्रदर्शन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved