पाँच जानकारीमुलक सेवा निशुल्क प्रदान गर्दै नेपाल टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 01:57:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited ले विश्वव्यापी विकास संस्था भियामोसँगको साझेदारीमा ‘NT सूचनाको संसार’ सेवा उपलब्ध गराएको छ । 

भियामो एक प्रकारको कल–इन सिष्टम हो, जसमा टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ । 

ग्राहकहरुले टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको जनाईएको छ । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न रहेका छन् । 

निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने जनाइएको छ । आजबाट सुरु भएको सेवा  ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved