रेनो १० एक्स जुम सार्वजनिक, यस्ता छन् मुल्य र बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 09:49:05 AM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले नेपालमा रेनो १० एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । कम्पनिको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन आईतवारदेखि नेपालमा उपलब्ध भएको छ ।

लसलेस हाइब्रिड अप्टिकल जुम तथा साइड–स्विङ सेल्फी क्यामेरा रेनो १० एक्सको प्रमुख आकर्षण रहेको छ । यसमा ८ जीबी ¥याम, २५६ जीबी रोम रहेको साथै फोन अलरओएस ६मा आधारित एण्ड्रोइड पाई मार्फत सञ्चालित हुन्छ ।

फोनमा मोबाइल गेमिङ अनुभवमा उत्कृष्टता प्रदान गर्नको लागी फ्रेम बुस्ट र टच बुस्ट एक्सिलिरेसन सहितको गेम बुस्ट २.० एक्सिलिरेसन ईञ्जिन समाहित हाईपर बुस्ट परफरमेन्स ईन्ह्यान्समेन्टपनि उपलब्ध गराईएको छ ।

फोनमा क्यामेरा बम्प्स छल्नका लागि थ्रीडी कर्भड ग्लास, क्यामरामा सुरक्षाको लागी पछाडिको भागमा  एउटा ओ–डट सेरामिक प्वाइन्ट पनि दिइएको छ । साथै फोनमा अल्ट्रासोनिक ईन–डिस्प्ले फिङगरप्रिन्ट सेन्सर, ६.६ ईञ्च पानोरामिक एमोलेड डिस्प्ले, ओक्टा–कोर स्न्यापड्रागन ८५५ एसओसी, एफ १.७ लेन्स, लेजर अटोफोकस सहितको ४८ एमपी सोनी आइएमएक्स ५८६ (०.५ ईञ्च) सेन्सर ट्रिपल रियर क्यामेरा, पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेन्डरी सेन्सर र सुपर वाइड एंगल लेन्स सहितको ८ एमपी टर्सिएरी सेन्सरपनि उपलब्ध छ ।  

फोनले ओआईएस सपोर्टका साथ  फोरके ६०एफपीएस भिडियो सपोर्ट गर्छ । साथै यसमा रहेको ३ माइक्रोफोन सेटअपका माध्यमबाट यसले अडियो जुम रेकर्डिङ र थ्रीडी सराउण्ड अडियो क्याप्चरिङ पनि गर्छ ।

ओपो रेनो १०एक्स जुम ईडिसनमा २ सय ५६ जीबी ईनब्यूल्ट स्टोरेज अप्सन दिइएको  छ । कनेक्टिविटीका लागि फोनमा फोरजी एलटीई, वाईफाई, ब्लयूटूथ, डुअल जीपीएस, एनएफसी र यूएसबी टाइप–सी पोर्टको ब्यवस्था रहेको छ । साथै फोनमा भोक ३.० सपोर्ट सहितको ४ हजार ६५ एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । 

यसको बजार मूल्य रु. ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved