खल्तीलाई युएनको अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 02:48:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको फिनटेक इन्नोभेसन फन्ड जितेको छ । खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरुले उक्त इन्नोभेसन फन्ड जितेका छन् ।

फन्डलाई राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको थियो । 

फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने भएको छ । खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३५०० महिला आबद्ध भएको संजाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स ९सबह० नेपाल सँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरुको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । यस परियोजना अन्तर्गत पूर्व देखि पश्चिम दार्चुला सम्मका १२ वटा जिल्लाका ३५०० भन्दा बढी महिला उद्यमीहरुलाई सहयोग गरिने बताइएको छ ।साथै खल्तीले स्मार्ट छोरीहरुलाई पनि उक्त महिला उद्यमीहरुलाई सहयोग गर्न परिचालन गर्नेछ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रुपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्ने भएका छन् । 

फन्डको विजेता घोषित भएपछि खल्तीका निर्देशक अरविन्द साहले “हामीहरुले खल्तीको मोबाईल एपमा एउटा डिजिटल बजारको व्यवस्था गर्दैछौँ जहाँ महिलाहरुले उत्पादन गरेका वस्तु तथा सामानहरु सजिलै देशभरका ग्राहकमाझ बेच्न सक्नेछन् । साथै यसरी भएको आम्दानीको आधारमा हामीले उनीहरुलाई हाम्रा साझेदार बैंकमार्फत ऋण प्राप्त गर्न र व्यवसाय थप विस्तार गर्न सहयोग गर्नेछौँ । यस कार्यक्रम मार्फत देशभर महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुले फाईदा लिने कुरामा विश्वस्त रहेको” बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved