ओपोको एफ ११ नयाँ रंगमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 03:07:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले एफ ११ लाई नयाँ रंगमा उपलब्ध गराउने भएको छ । कम्पनीले एफ ११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको छ ।

गत अप्रिलमा कम्पनीले आफ्नो एफ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको थियो । उपभोक्तामाझ लोकप्रिय रहेको एफ११ प्रो लगतै कम्पनीले एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड इडिशन पनि सार्वजनिक गरेको थियो । 

हाल एफ ११ बजारमा मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध रहेको छ । फोनको मुल्य रु ३७ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार नयाँ रंगको एफ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा जुलाईको मध्येतिरबाट उपलब्ध हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved