गोङ्गबुको लोत्से मलमा पसल बुक गर्दा कार उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 03:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

लोत्से मलको पसल किन्दा ग्राहकले कार उपहार पाउने भएका छन् । दशैँ अघिबाट संचालनमा आउने उक्त मलमा बाँकी रहेका ८० वटा पसल किन्ने ग्राहकहरुमध्ये आकर्षक अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताले  कार उपहार पाउने भएका हुन् । विजेताले सुजुकिको भितरा ब्रेज्जा, स्विफ्ट र वागन आर कार प्राप्त गर्नेछन् ।

गोङ्गबु बसपार्कभित्र निर्माण भैरहेको मलको पसल किन्दा २७ बर्षको लिज अवधि रहने तथा ५० प्रतिशतको बैंक/फाईनान्सको पनि सुविधा रहने जनाईएको छ ।

मलमा २ सिनेमा हल, २ ब्याङ्वेट हल, रेष्टुरेन्ट/फुड कोर्ट तथा प्रशस्त पार्किङ्ग सुविधाका साथै विभिन्न मनोरञ्जनका सुविधाहरु रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved