फर्निचर एक्स्पोको तयारी अन्तिम चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 04:13:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौको अन्तिम साता आयोजना हुने सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी अन्तिम चरणमा पुगेको छ । भदौ २५ देखि २९ सम्म भृकुटिमण्डपमा सञ्चालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको नेपाल फर्निचर तथा फर्नि्सिङ संघले जनाएको छ । 

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङ रहेको छ । एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज, हाइटेक्स कार्पेट र जेन्शा कार्पेट रहेका छन् । 

५ दिनसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङ जन्य सामग्रीका स्टल रहनेछन् । सन् २०१२ देखि यो एक्स्पो वर्षैपिच्छे हुँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved