रारामार्टको २ प्रडक्टः निशुल्क स्वास्थ्य बीमा र शुक्रबार हाटबजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 03:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बजारमा २० हजार उत्पादन बेच्दै आएको ‘रारामार्ट’ले बिहिबार नेपालमा नयाँ प्रडक्ट लन्च गरेको छ । मार्टले सामान खरिद गर्ने खरिदकर्ताको परिवारको १ लाखसम्म स्वास्थ्य बीमा कार्यक्रम ल्याउँदै ‘सपिङ्ग पनि, निशुल्क बीमा पनि’ प्रडक्ट लञ्च गरेको छ । रारामार्टले बीमा गराउँदा प्रिमियर इन्स्योरेन्सबाट गराउने भएको छ ।

योसँगै रारामार्टले प्रत्येक शुक्रबारलाई ‘रारा फ्राइडे, अनलाईन हाटबजार’ प्रडक्ट पनि लञ्च गरेको छ । प्रत्येक शुक्रबारलाई किनमेल दिनको रुपमा स्थापित गर्ने उदेश्यले राराले यो प्रडक्ट लञ्च गरेको जनाएको छ । रारा फ्राइडे हरक हप्ताको शुक्रबार दिउँसो १२ बजेदेखि राती १२ सम्म सञ्चालन हुनेछ । शुक्रबारको हाटबजारमा समान किन्दा ग्राहकले अन्य दिनको तुलनामा भारी छुट पाउने जनाईएको छ ।

 ‘रारा ईन्कर्पोरेशन (नेपाल)’का कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाका अनुसार मार्टले यो वर्ष विश्व बजारमा पाइने ५० हजार उत्पादन नेपाली बजारमा भित्र्याउने योजना बनाएको छ ।  दुई करोड लगानीमा वर्षदिन अघि सुरु भएको रारामार्ट डटकमले ५ करोड लगानी गरेर सेवा विस्तार गर्ने जनाएको छ । 

जापाानमा ३ वर्षअघि १२ जनाबाट शुरु गरिएको अनलाइन व्यवसाय सन् २०२० बाट अमेरिकामा पनि सुरु हुने जनाईएको छ । अमेरिकाको टेक्सासमा ‘रारा यूएसए कर्पोरेशन’ नामबाट व्यवसाय दर्ता भएको छ । 

जापान अध्ययन गर्न नेपाली युवाहरु प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगीले यो व्यवसाय नेपालमा पनि भित्र्याए हुन् । अम्गाई र नेगीले जापानको कोबे सिटीमा अवस्थित कोबे युनिभर्सिटिबाट अर्थशास्त्र र मेडिकल साईन्समा पिएचडी गरिसकेका छन् भने सापकोटा ओसाका युनिभर्सिटीमा वित्तिय अर्थशास्त्रमा पिएचडी अध्ययनरत छन् । 

नेपाललाई चिनाउने नामाकरण गर्ने उदेश्यले रारा नाम राखएिको उनीहरु बताउँछन् । रारामार्टमा उद्योगी प्रदिपजंग पाण्डे, कुशल जोशीलगायत २० जनाको समूह छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved