भीभो एस १ नेपाली बजारमा, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 11:11:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भीभो नेपालले नयाँ प्रडक्ट, भीभो एस १ नेपाली बजारमा ‘लञ्च’ गरेको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ट्यागलाईन राखेको छ । 

भीभो एस १ स्मार्टफोन स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरुसहित आउँछ । यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध छ ।

भीभो एस १ मा ६ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरज(रोम) रहेको छ । यसमा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ । भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ । 

भीभो एस १ आधिकारीकरुपमा नेपाली बजारमा ३४ हजार ६९० मा उपलब्ध छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved