
नेपालको लागि एप्पलको अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले आफ्ना प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि भदौ २० गतेसम्म निशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको हो । ग्राहकहरुले सेर्पा मलमा रहेको आधिकारिक सर्भिस सेन्टर जेन नेक्स्टबाट उक्त सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
आधिकारिक बिक्रेताबाट किनेको आइफोन मात्र ‘फ्रि सर्भिस क्याम्प’ मा चेक हुने कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले ग्राहकहरुलाई आफूले किनेको आइफोन आधिकारिक अर्थात सक्कली हो वा होईन भन्ने थाहा पाउनको लागि जेननेक्स्टको वेबसाइटमा गएर आइफोनको आईएमईआई चेक गर्न समेत आग्रह गरेको छ ।
मेलामा पुरानो आइफोनबाट नयाँ आइफोनमा ब्याकअप ट्रान्सफरको सुविधा, सफ्टवेयरसँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान दिने, तथा आइफोन भित्र भएका डस्ट क्लिनिङ्ग लगायतको सेवा प्रदान गरिने जेनेरेशन नेक्स्टका प्रबन्ध निर्देशक पबन भिमसरीयालले बताए ।
जेनेरेशन नेक्स्टले नेपाली बजारमा आइफोन सिक्सएसको ३२ जीबी स्टोरेज, आइफोन सिक्सएस प्लसको ३२ जीबी, आइफोन सेभेन प्लस ३२ जीबी र १२८ जीबी, आइफोन ८ ६४ जीबी, आइफोन ८ प्लस ६४ जीबी र २५६ जीबी, आइफोन एक्स ६४ जीबी र २५६ जीबी, आइफोन एक्सएसको सबै स्टोरेज अप्सन, आइफोन एक्सएस म्याक्सको सबै स्टोरेज अप्सन र आइफोन एक्सआरको सबै स्टोरेज अप्सनहरु उपलब्ध गराएको छ ।
जेनेरेशन नेक्स्टले दशैंको अवसरमा आइफोन खरिदकर्ताहरुको लागि स्क्र्याच कुपन पनि उपलब्ध गराएको छ । स्क्र्याच कुपन सेप्टेम्बर १० देखि नोभेम्बर १० तारिख भित्रमा आइफोन किन्ने ग्राहकहरुले प्राप्त गर्ने सक्नेछन् ।