
सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा हालसम्म ४० हजारले अवलोकन गरेका छन् । बुधबारदेखि सुरु भएको एक्स्पोको आइतबारसम्म चल्नेछ ।
‘विगत वर्षको जस्तै अवलोकनकर्ताको उल्लेख्य सहभागिताले हामी उत्साहित बनेका छौं । ५ दिनमा ७५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने विश्वास लिएका छौं’ फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले भने ।
एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।