
क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बिबिलब नेपाली बजारमा भित्रिएको छ। कमल पोखरी स्थित सिटि सेन्टरमा नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुमको रुपमा बिबिलब ब्राण्डको उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ।
आईएमएस ग्रुप अन्तर्गतको आइएमएस लिटिल स्माइल कम्पनीले उक्त ब्राण्डको उत्पादन नेपाली बजारमा भित्र्याएको हो। कम्पनीले बीबीलव को उत्पादनहरु स्मार्ट डोको बाट पनि उपलब्ध गराएको छ। प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु पर्ने अवस्थाको पनि अन्त हुने आफुहरुले बिश्वास गरेको आइएमएस ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले बताएका छन।