
फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्धेश्यले आयोजना भएको सातौं संस्करणको फर्निचर एक्स्पो सकिएको छ । ५ दिन सम्म चलेको एक्स्पोमा ८१ हजारले अवलोकन गरेका छन् ।
एक्स्पोमा आयोजना गरिएको रक्तदान कार्यक्रममार्फत ११३ प्रिन्ट ब्लड समेत संकलन भएको छ ।
नेपालफर्निचर तथा फर्निसिगं संघको आयोजनामा भएको एक्स्पोले आगामी वर्षका लागि तथ उर्जा मिलेको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । आगामी वर्षहरुमा आधुनिक उत्पादनहरुलाई समेट्दै एक्स्पोलाई निरन्तरता दिइने उनको भनाई छ ।
एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी ब्राण्डहरु राखिएका थिए ।