सुबिसुको दशैं–तिहार अफर, ९९ रुपैयाँमै इन्टरनेट वा क्लियर टिभि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 10:58:16 AM मा प्रकाशित

laxmi sunrise bank

सुबिसु केबलनेटले दशैं, तिहारको अवसर पारेर मात्र ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ। इन्टरनेटको माध्यम बाट सर्व–सुलभ मूल्यमा ग्रहकहरुले एकआपसमा खुसी साट्न पाउँन भन्ने उद्देश्यले न्युनतम मूल्यमा आफ्नो सेवा बजारमा ल्याएको कम्पनीले जानेको छ। 

यस प्याकेज अन्तर्गत ग्राहकहरुले कर सहित मात्र९९ रुपैयाँ मा एक महिनाको लागि ३० एमबिपिएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियरटिभि प्रिमियम प्याकेज प्राप्त गर्नेछन् । सो प्याकेजमा७५ भन्दा बढी एच. डी च्यानल तथा २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् ।

त्यस्तै कर सहित १९८रुपैयाँमाग्राहकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्छन् । उक्त प्याकेजमा २५ एमबिपीएस इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेजहरु रहनेछ । कम्पनीले सो सेवाहरु सिमितहरु अवधिका लागि मात्र रहने जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved