
नेपालको अनलाइन सपिङ प्लेटफर्म दराजले दशैंमा खुशियाली बाँड्ने उद्देश्यसहित वर्षकै सबैभन्दा ठूलो सेल ‘दराज दशैं धमाका’को घोषणा गरेको छ । यो स्किम भदौ २९ गतेदेखि सुरु भई असोज १३ गतेसम्म रहने कम्पनीले जनाएको छ।
यस अभियानअन्तर्गत उपभोक्ताहरुले ६० प्रतिशतसम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा (डिस्काउन्ट भउचर), मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरु,गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन।
दराजले लोकप्रिय शेक शेक गेम फेरि यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोजको बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने हुन्छ ।
दशैं को उपलक्षमा दराज ले महाबम्पर उपहार पनिलिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टिभिएस अपाचे आरटीआर १६० फोरभी जित्ने मौका पाउनेछन्।
लक्की ड्रमा भाग लिने उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीचमा दराजमा शपिङ गर्नुपर्नेछ। यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन्।
उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठूला बैंकहरुसँग मिली थप छूटहरुको स्किम समेत लिएर आएको छ ।
उपभोक्ताहरुले दराजका बैंकिङ पार्टनरहरु नवील बैंक, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे र एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा थप २० प्रतिशत अथवा रु. २५०० सम्मको छुट पाउनेछन् ।