
ह्वावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन ह्वावे नोभाफाइभ टी नेपाली बजारमा सार्वजनिक गरेको छ । पाँचवटा फाइभ एआई क्यामराहरू भएको नोभा फाइभ टी फेसनमा चाख राख्ने सामाजिक संजालका प्रयोगकर्ताहरूका लागि लाभदायी हुने विश्वास लिईएको छ ।
असोज ५ देखि नेपाली बजारमा उपलब्ध रहेको यसको मूल्य ५३ हजार ९ सय रुपैयाँ हो । यसको फ्रन्ट क्यामेरा मात्रै ३२ एमपीको छ । ४८ एमपीको एचडी लेन्स, १६ एमपी वाइड एंगल लेन्स, २ एमपीम्याक्रो लेन्स र २ एमपीबोकेह लेन्स रहेको छ । यसमा ८ जीबी र्याम र इएमयूआई ९.१ अपरेटिङ सिस्टम रहेको छ ।
नीलो, कालो र बैजनी रंगमा उपलब्ध यो स्मार्ट फोनको तौल १७४ ग्राम छ । यो फोन ६.२६ इन्च डिस्प्ले साइजमा उपलब्ध छ ।