
काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जा वल्र्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको छ । उक्त शाखाको बिहिबार कागेश्वरी मनोहरानगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरे ।
करिब एक करोडको लगानीमा पिज्जा वल्र्डको उक्त शाखा विस्तार गरिएको हो । संचालक उद्धव खड्का मेहनतको फलस्वरुप ग्राहकले आफूहरुलाई रुचाएको बताउँछन् । विभिन्न फ्लेभर र साइजमा पाइने पिज्जाको मूल्य १८० देखि एक हजार ८ सय रुपैयाँसम्म पर्छ ।
नयाँ शाखा संचालनको अवसरमा पिज्जा वल्र्डले २५ प्रतिशतसम्म छुट समेत प्रदान गरेको छ । दशैं तिहारको टिकाको दिनमा बाहेक अन्य सबै दिन पिज्जा वल्र्ड संचालनमा रहने जानकारी दिईएको छ ।
बौद्ध, कुमारी पार्टी र पेप्सीकोलामा गरी ५२ जनायुवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् ।