
भीभोले भी सिरिजको पोर्टफोलियोमा फ्ल्यागशिप डिभाइस भी १७प्रो सार्वजनिक गरेको छ। यस फोनको डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरा राखिएको कम्पनीले जनाएको छ।
क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट कलर र क्रिस्टल ब्लु कलरमा उपलब्ध यस स्मार्टफोनमा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ। स्मार्टफोनको इतिहासमै पहिलोपटक ३२ प्लस आठ मेगापिक्सेल ड्यूल पप अप फ्रन्ट क्यामरा जडान यस स्मार्टफोनबाट उत्कृष्ट सेल्फी लिन सकिने भीभो नेपालका ब्राण्ड म्यानेजर श्री पेङ्दाको दाबि छ।
सूपर वाइड एंगल क्यामरा यस स्मार्टफोनको अर्को आकर्षक पाटो हो। सूपर वाइड एंगल क्यामराले १०५ डिग्रीसम्मको दृश्य हेर्न सकिन्छ र अधिक राम्रा ल्याण्डस्केप तथा धेरै व्यक्तिहरुका साथमा सेल्फी लिन सकिन्छ ।
यस स्मार्टफोनबाट दिनको समयमा मात्र नभई नो लाइट र लो लाइटमा समेत तस्विर ब्राइटनेस कायम गर्दै स्पष्ट र अधिक सटिकरुपमा फोटो खिच्न सकिनेछ। फ्रन्ट मुनलाइट ग्लो लाइटले अंध्यारोलाई हटाउँछ र लो लाइट भएको अवस्थामा पनि सब्जेक्टलाई हाइलाइट गर्दछ ।
यस स्मार्टफोनमा जडान ४८ मेगापिक्सेल एआई चारवटा क्यामराले सबै वस्तु खिच्न सकिन्छ । शक्तिशाली क्यामरा सेटअपका साथमा ४८ मेगापिक्सेल एचडी मुख्य क्यामरा, १३ मेगापिक्सेलको टेलिफोटो, ८ मेगापिक्सेल एआई सुपर वाइड एंगल प्लस सुपर म्याक्रो (२.५ सिएम) तथा २ मेगापिक्सेलको बोकेह क्यामरा रहेको छ । ४८ मेगापिक्सेल र सुपर लाइट सेन्सिटिभिटीका साथमा, मुख्य रियर क्यामराले हरेक अवस्थामा उज्यालो र भिभिद पिक्चर खिच्ने सुनिश्चितता प्रदान गर्दछ ।
यस स्मार्टफोनमा जडान सुपर म्याक्रो मोडले अब्जेक्टमा सजिलोसँग २.५ सेन्टिमिटर नजिकसम्म फोकस गर्न सकिन्छ र साना साना वस्तुहरुको पनि तस्विर खिच्न सकिन्छ ।
त्यस्तै यस स्मार्ट फोनमा भएका अन्य बिशेषतामा एआई सुपर वाइड एंगल क्यामरा, २०ः९ अल्ट्रा फूलभ्यू डिस्प्ले, सहज परफरमेन्स, ड्यूल इन्जिन फास्ट चार्जिंङ्ग र ठूलो ब्याट्री, अल्टिमेट गेमिंग एक्सपेरिएन्सको लागि स्तरीकरण गरिएको गेम मोड रहेका छन। असोज ३० देखि नेपाली बजारमा उपलब्ध हुने यस फोनको मुल्य नेपालीबजारमा ५२ हजार ४९० कायम गरिएको छ।