शाओमीले नेपालको आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको छ । नारायणघाटस्थीत यो कम्पनीको पाँचौं सर्भिस सेन्टर हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा केन्द्रित रहेको बताए ।