सनफ्लावर तेल किन्दा दीपकले जिते हिराको हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 09:47:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सनफ्लावर तेल हिराको उपहार योजना अन्तर्गत पहिलो १५ दिनको लक्की ड्र कार्यक्रम गरि विजेताहरुको नाम घोषणा गरिएको छ । पोखरा–१० का दीपक कुमार थापाले हिराको हार जिते भने विर्तामोड निवासी सन्दीप गटानी र पाल्पा निवासी मीना छहारीले हिराको लकेट जिते । त्यसैगरी बुटवलका केशव आचार्य र नेपालगञ्जका निरज कुमार कशौडाले हिराको टप जिते ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिजले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भएको हो । “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” भन्ने नारासहित सुरु भएको अफर योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । 

प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved