आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा, मुल्य २ लाख २७ हजारसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 10:38:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले एप्पलका नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ। कम्पनीले यहि मङ्सिर ६ गतेदेखि आइफोन ११ ,११ प्रो , ११ प्रो म्याक्स नेपालमा सार्वजनिक गर्ने जनाएको छ। 

नेपालमा सार्वजनिक भएपछि आइफोन खरिद गर्ने पहिलो दुई सय जनाले आइफोनको खरिदमा निशुल्क बेल्किन वायरलेस चार्जर पाउने छन। त्यस्तै प्रत्येक आइफोन खरिदकर्ताले आइफोन खरिदमा हात खालि नजाने कुपन जित्नेछन भने १२ साताको लागि प्रत्येक हप्ता एनसेलको एक हजार एमबि जित्न सक्नेछन। 

नेपाली बजारमा आइफोन ११ को ६४ जीबीको एक लाख १० हजार ५००, १२८ जीबीको १ लाख १८ हजार ३००, २५६ जीबीको १ लाख ३४ हजार कायम गरिएको छ। नेपाली बजारमा यी आइफोन कालो, सेतो, पर्पल, हरियो, पहेलो र रातो रंगमा उपलब्ध हुनेछन।  

त्यस्तै आइफोन ११ प्रो को ६४ जीबीको १ लाख ५७ हजार २५०, २५६ जीबिको २ लाख १८ हजार ९००, ५१२ जीबिको २ लाख ११ हजार ८०० कायम गरिएको छ। यी फोनहरु सिल्भर, स्पेस ग्रे, सुनौलो रंगमा उपलब्घ हुनेछन।  

त्यस्तै आइफोन ११ प्रो म्याक्स अन्तर्गत ६४ जीबीको १ लाख ७२ हजार ८००, २५६ जीबीको १ लाख ९६ हजार ६०० र ५१२ जीबीको २ लाख २७ हजार ४०० रुपैयाँ कायम गरिएको छ। 

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved