दराजको यो बर्षको अन्तिम किनमेल मेलाको घोषणा, ६० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 06:10:12 PM मा प्रकाशित

laxmi  sunrise bank

दराजले, वर्ष को अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोसणा गरेको छ। दराजको १२.१२.अभियान यही २६ मंसिर देखी पुष २ सम्म लागू हुने जनाइएको छ। 

यस मेलामा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको भारी छूट, मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्ने दराजले जनाएको छ।

साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु १,५०० सम्मको छूट पाउने दराजले जनाएको छ।

“दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राईडे को थप सफलताले गर्दा गत नोवेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि “सुपर नोवेम्बर”  नै हुन पुग्यो' दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन, 'त्यसैले खास गरि ११.११. को फाईदा उठाउन नपाएकालाई भनेर हामीले यस ग्रान्ड अभियानमा थप नयाँ डिलहरु लिएर आएका छौँ ।”


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved