सस्तोडिलमा सेलपे मार्फत सामान किन्दा ४० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 02:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक सेलपे र  ईकमर्स प्लेटफार्म  सस्तोडिल डटकमले अफरको लागि  सहकार्य गरेका छन् । क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसरमा यी दुई कम्पनीले ग्रहाकलाई विभिन्न अफर  प्रदान गर्ने गरी सहकार्य गरेका हुन् ।  

जस अनुसार ग्राहकहरुले सस्तोडिल मार्फत प्रथम पटक कुनै पनि सामान किन्दा ४० प्रतिशत डिस्काउन्ट सेलपे एप्पमा लोयल्टी पोइन्टसको रुपमा पाउने छन् । त्यस्तै ग्राहकले विभिन्न ७ ब्राण्डका समान खरिद गर्दा थप १० प्रतिशत छुट पाउने छन् ।  सस्तोडिलमा सामान खरिद गरेर सेलपे एप मार्फत भुक्तानी गर्दा मात्र यो अफर पाईने कम्पनीले जनाएको छ ।  यसको लागि ग्राहकले आफ्नो बैंक खातालाई सेलपे एपसंग लिंक गराउने पर्ने सेलपेले जनाएको छ । 

यो अफर २४  डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागु हुने सस्तोडिलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved