नेपाली ब्राण्ड रुस्लानले सुरु गर्‍यो विदेशमा निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 03:46:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली ब्राण्ड रुस्लान भोड्काले देश बाहिर पनि बजार विस्तार गरेको छ । रुस्लानका प्याक अब अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  रुस्लान जावलाखेल गु्रप अफ इण्डष्ट्रिजको उत्पादन हो । ग्रुप कार्यकारी निर्देशक सशिन जोशी विस्तारित अन्तराष्ट्रिय बजारमा पनि रुस्लानले लोकप्रीयता पाउने विश्वास व्यक्त गर्छन् ।

चीन, थाइल्याण्ड लगायतका देशहरुमापनि ब्राण्डको निकासीका लागि पहल भइरहेको कम्पनीले जनाएको छ । रुस्लान नेपालको पहिलो भोड्का हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved