ओपोले नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ सम्भावनाको खोजी तथा उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न ग्राउण्डब्रेकिङ स्मार्टफोन ओपो फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्न लागेको ओपोले जनाएको छ ।
फाइन्ड एक्सटू सिरिजमा ओपोले अहिले सम्म विकसित गरेकै मध्य सर्वाधिक अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ । उक्त स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र आरामदायी स्क्रिन अनुभव प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।
फाइन्ड एक्सटू सिरिजले एसए, एनएसए डुअल(मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५ को प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले गर्दा अदृतिय फाइभजी अनुभवलाई वास्तविकतामा परिनत गर्न सफल भएको बताईएको छ ।