किया गाडीको वारेन्टी सुविधा लिने अवधि थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 10:25:24 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरियाली अटो निर्माता कियाले वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्षित गरी किया प्रोमिस नामको योजना ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिन लागेको नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले जानकारी दिएको हो । 

योजना अन्तर्गत ग्राहकलाई आगामी जुनसम्ममा वारेन्टी अन्तर्गत गाडी मर्मत गराउने सुविधा दिने कम्पनीले जनाएको छ । 

कोभिड–१९ रोग निम्त्याउने नोवेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गरिएसँगै कियाका सोरुम र सर्भिस सेन्टरहरु पनि बन्द रहेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार सोरुमहरु खुला रहेको ठाउँमा पनि ग्राहकहरु सोरुमसम्म पुग्न नसक्दा वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत गराउनबाट वञ्चित भएकोले अवधि थप गरिएको हो।

लकडाउन अवधिमा किया सोरुम र सर्भिस सेन्टर पुग्न नपाएका अथवा सर्भिस सेन्टर बन्द भएका कारण सुविधा लिन नपाएका ग्राहकहरुमा मात्र यो अफर लागू हुने कम्पनीको भनाइ छ । ‘यस्ता ग्राहकले आगामी जुनभित्र किया डिलरमा गएर मर्मतका लागि आग्रह गरिसक्नुपर्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved