डाबरको 'ड्याजल डिसइन्फेक्टेन्ट फ्लोर क्लिनर' बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 03:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

डाबर नेपालले 'ड्याजल डिसइन्फेक्टेन्ट फ्लोर क्लिनर'  बजारमा ल्याएको छ । महामारीबाट बच्नको लागी वरपरको वातावरण तथा बस्ने स्थानको उचित सरसफाई गर्नु तथा किटाणुरहित बनाउने अभियानमा सहयोग गर्न कम्पनीले उक्त क्लिनर ल्याएको हो । 

कम्पनीले उक्त फ्लोर क्लिनरहरु भन्दा एकदम प्रभावशाली भएको जनाएको छ । कम्पनीका अनुसार बैज्ञानिक परिक्षण अनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुईंलाई चम्किलो र वास्नादार बनाउँदछ । 

उक्त क्लिनर ५०० मिलि र १ लिटरको जारको क्रमशः १४० र २६५ रुपैयाँ मूल्यमा बजारमा उपलब्ध रहेको जनाइएको छ । 

साथै कम्पनीले अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्तावर्गको माग अनुसार ओडोनीलको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ । यसले हावालाई किटाणु रहित बनाउनुुका साथै वास्नादार पनि बनाउँदछ । १५३ मिलिको एयर स्यानिटाइजर २३८ रुपैयाँमा बजारमा उपलब्ध रहेको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved