रियलमीको नयाँ स्मार्टफोन सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 11:38:02 AM मा प्रकाशित

laxmi  sunrise bank

रियलमीले स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर” रियलमी सी३ को घोषणा गरेको छ । रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो ।

कम्पनीका अनुसार रियलमी सी३ मुख्य ४ क्षेत्र—प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार हो । सर्वप्रथम, सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चिित रहेको कम्पनीले जनाएको छ । रियलमी सी३ दुई उत्तम कलर—ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ । 

असार १० गतेबाट बिक्री शुरु हुने रियालमी सी३, ३जीबी र्याम र ३२जीबी स्टोरेजका साथ  १६ हजार ९९० रुपैयाँमा उपलब्ध हुने जनाइएको छ । ट्रिपल क्यामेरा गेम मोनिस्टर—रियलमी सी३ देशभरका सबै अफलाइन आउटलेहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

रियलमी सी३ मा ६.५ इन्च एचडीप्लस मिनी ड्रप डिस्प्लेका साथ यो सेगमेन्टकै ठुलो डिस्प्ले रहेको छ जुन सामान्य डिउड्रपको तुलनामा ३०.९ प्रतिशत सानो रहेको र यसले स्क्रिन टु बडि अनुपात ८९.८ प्रतिशत उच्च बनाउने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved