
मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आफ्ना बाइकमा १५ देखि २० हजारसम्मको छुट योजना ल्याएको छ । कम्पनीले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम मार्फत यस्तो योजना ल्याएको हो ।
जस अनुसार कम्पनीले आफ्नो ५ मोडल टेक्कन २५०, एमएच २००एक्स, स्पोर्ट्स २५० (रोड भर्सन), स्पोर्ट्स २५० (अफरोड भर्सन) र एक्स टर्क २५० (स्ट्रिट भर्सन) मा १५ हजार र अन्य दुई मोडल एमएच १५०आर (स्ट्रिट भर्सन) र स्क्र्याम्बलर (स्ट्रिट भर्सन) मा २० हजार सम्म छुटको व्यवस्था गरेको जनाएको छ । यी बाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बिमाको साथ खरिदकर्ताको फ्रि कोभिड बिमा पनि हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट असार १२ देखि यो अफर लागू हुनेछ ।