
महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुटल–पठाओ सञ्चालन गरेको भेटे जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने चेतावनी दिएको छ । दुई पांग्रे सवारी साधनमा एक जना मात्र सवार गर्न पाउने नियम भएकाले टुटल–पठाओले सेवा दिन नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताए ।
‘बिरामी बोकेको र अत्यावश्यक कामबाहेक मोटरसाइकलमा दुई जना सवार गर्न दिएका छैनौ’ ढकालले भने, ‘अहिले नै टुटल–पठाओले सेवा सञ्चालन गर्न पाउँदैन ।’
३ महिनापछि आजबाट टुटल र पठाओले सेवा सुरु गरेको जानकारी दिएका थिए ।