
सिजीले नेपाली बजारमा गुगलबाट मान्यता प्राप्त एन्ड्रोईड टि.भी. भित्र्याएको छ । गुगल एन्ड्रोइड टि.भी. स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने कम्पनीले जनाएको छ । कम्पनीका अुनसार गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्ने देखी सम्पूर्ण सफ्टवेयर समस्याहरुको समाधान गुगलले नै गर्नेछ ।
उक्त टि.भी. ३२ इन्चदेखि ७५ इन्चसम्ममा उपलब्ध छ । यो टि.भी. सँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध छ । यो रिमोटको सहायताले बोलेरै लेख्न, अवाज कम वा बढी गर्न, टि.भी. बन्द गर्न सकिनेछ ।
गुगल प्ले मुभिज र टिभी., गुगल प्ले गेम्स जस्ता विशेषताहरु यस टि.भी.मा रहेको कम्पनीले जनाएको छ । यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ । कम्पनीले यो टि.भी. मा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।