एलजीको वासिङ मेसिनको माग बढ्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 06:10:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बृद्धि भएको छ । वर्षा याम सुरुवात भएसंगै नेपालीबजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बृद्धि भएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार एलजीका विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन् । जसमध्ये ८ देखि १८ केजि सम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने क्षमता भएका मोडलहरु रहेको कम्पनीले जनाएको छ । कपडा भिजेपछि सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा बिर्गने लगायतका समस्याबाट मुक्ति पाउन बर्षायाममा उक्त मेसिनहरुको माग बढेको कम्पनीले जनाएको छ । एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सि.जी. इम्पेक्स रहेको छ । 

मेसिनको मोटरमा १० वर्षको वारेण्टी, एलर्जी फ्रिःएल.जी.को वासिङ मेसिनबाट लुगा धोएपछि ९९.९ प्रतिशत एलर्जी मुक्त गर्ने लगायतका विषेशताहरु उक्त मेसिनहरुमा रहेको कम्पनीले जनाएको छ । यसका साथै मेसिना जडित ट्रु स्टिम टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउने जनाइएको छ । यसका साथै उक्त मेसिनले कपडालाई उचित हेरचार गर्ने र कपडा एकदमै सफा बनाउने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved