ओप्पोका ४ मोडलका फोन नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 07:19:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ओप्पोले  चार नयाँ मोडलको फोन नेपाली बजारमा ल्याएको छ।  १२५वाट फ्ल्याश चार्ज, ६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज, अल्ट्रा(स्मल पोर्टेबल ५०वाट मिनी सुपरभोक चार्जरका साथै, ११०वाट मिनी फ्ल्याश चार्जर गरि चार नयाँ मोडलको फोन नेपाली बजारमा भित्र्याएको हो। 

१२५वाट फ्ल्याश चार्ज मोबाइल फोन मोबाइल उद्योगमा फ्ल्याश चार्ज प्रविधि क्षेत्र अन्तर्गत नयाँ सफलताको प्रतिनीधित्व गरेको कम्पनीले जनाएको छ। त्यस्तै ६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्जले प्रयोगकर्तालाई वायर्ड चार्जिङका तुलनामा अझ तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने कम्पनीको दाबि छ। पहिलो पटक सार्वजनिक गरिएका ५०वाट मिनी सुपरभोक चार्जर र ११०वाट फ्ल्याश चार्जर ओपोको भोक फ्ल्याश चार्ज प्रविधि अन्तर्गत पृथक नवप्रबर्तनहरु रहेको कम्पनीको भनाई छ। 

ओपोका चिफ चार्जिङ टेक्नोलोजी साइन्टिस्ट, जेफ चाङ्गले भने, ‘ विश्व बजारमा फाइभजीको तिब्र रोलआट र अत्यधिक उर्जा खपत गर्ने गेमिङ तथा भिडियो एप्सले मोबाइल फोन तथा प्रयोगकर्ताको चार्जिङ अनुभवका क्षेत्रमा नयाँ चुनौति थपिएको छ । सन् २०१४मा भोक फ्ल्याश चार्ज सार्वजनिक गरेदेखि नै ओपोले फास्ट चार्जिङ विकासका क्षेत्रमा आफ्नो अग्रता कायम राख्दै आएको छ । हाई पावर, ताररहित र अल्ट्रा(स्मल चार्जिङ प्रविधिका क्षेत्रमा पनि आफ्नो विशेषज्ञता र भूमिका लाई निरन्तर्ता दिँदै प्रयोगकर्तालाई सुरक्षित, सदृढ र सहज अल्ट्रा(फास्ट चार्जिङ अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”

कम्पनीकाअनुसार ओपोको १२५वाट फ्ल्याश चार्ज प्रविधिले डायरेक्ट चार्जिङ प्रविधिको प्रयोग गर्दै ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई ५ मिनेटमै ४१% सम्म र २० मिनेटमै पूर्णरुपमा चार्ज गर्ने क्षमता राख्छ । यो सुपरभोक र भोक फ्ल्याश चार्जका प्रोटोकलसंग पनि मिल्ने हुनुका साथै ६५वाट पीडी र १२५वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकलहरुसंग पनि मिलना हुने गरि विकास गरिएको छ । हालका लागि भने यो नै उद्योगमै सर्वाधिक उन्नत फ्ल्याश चार्जिङ प्रविधि हो ।

त्यस्तै ६५वाट एयरभोक वायरलेस फ्लयाश चार्जले ४ हजार एमएएच क्षमताको ब्याट्री सर्वाधिक तिब्र गतिमा मात्र ३० मिनेटको समयमा चार्ज गर्ने क्षमता राख्छ । यसले फ्रिक्वेन्सीमा हुने हस्तक्षेप न्यूनिकरण गर्दै वायरलेस चार्जिङलाई अझ ब्यापकरुपमा प्रयोग गर्न सकिने वातावरण मिलाइ दिएको छ । यस प्रविधिले फाइभ(फोल्ड सुरक्षा उपायहरुको अवलम्बन गर्नुका साथै फरेन अब्जेक्ट डिटेक्सन फञ्सनपनि उपलब्ध गराएको छ । यो प्रविधि क्यूआई मानकसंग कम्प्याटिबल हुनुका साथै यसले प्रयोगकर्ताहरुलाई तार रहित सुपर फास्ट चार्जिङको सटिक अनुभव प्रदान गर्छ ।

जुन २०२० सम्म आइपुग्दा ओपोेले फ्ल्याश चार्जिङका लागि २ हजार ८ सय भन्दा बढी ग्लोबल प्याटेन्टका निवेदन दिइसकेको छ । कम्पनीको ३० भन्दा बढी स्मार्टफोन मोडलमा उपलब्ध गरि सकिएको भोक फ्ल्याश चार्ज प्रविधिले विश्वभरका १५७ मलियन भन्दा बढी प्रयोगकर्तालाई अल्ट्रा फास्ट चार्जिङ अनुभव प्रदान गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved