नेपाली ब्रान्ड सोनमद्वारा अस्पताललाई पीपीई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 12:52:43 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ । कम्पनीले अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान पिपिई सहयोग गरेको हो । 

कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले सेन्टरका निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई अस्पताललाई दिएको जनाएको छ ।

कार्याक्रममा बोल्दै सिइओ टासीले भने ‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायकालागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो ।’ 

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भएपनि योगदान पुग्ने विश्वास रहेको कम्पनीले जनानएको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved