नेपालमा पहिलो पटक भित्रियो स्मार्ट राउटर, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 04:56:21 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले मी राउटर ४सी नेपालमा सार्वजनिक गरेको छ । स्मार्टफोनमा भएको स्मार्ट मी वाई फाई एपबाट पहुँच गर्न सकिने उक्त राउटर नेपालमा भित्रिएको पहिलो स्मार्ट राउटर हो । 

४सको उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल रहेको र स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट पहुँच गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार प्रत्येक घरको सेटिंगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर ४सी उचित होम नेटवर्क कनेक्सन हो । विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४ उच्च लाभ बाह्य एन्टेनाले सुसज्जित छ । यसको साथै, ८०२.११एन वाई फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३००एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

मी राउटरमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो ¥यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ । कम्पनीका अनुसार मी वाईफाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्दछन् । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नेपालमा गैर स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन आँफुहरु प्रतिबद्ध रहेको बताएका छन् । आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मुल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याएको उनले दावी समेत गरे ।

२३ सय ९९ रुपैयाँ पर्ने उक्त राउटर सबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved