ओपोको नयाँ स्मार्टफोन नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 06:12:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ओपोलो ए सिरिज अन्तर्गतको ओपो ए३१ स्मार्टफोन सार्वजनिक गरेको हो ।

ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक(कालो) गरी दूई रंगमा सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । उक्त स्मार्टफोनमा ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रिन रेसियो रहेको छ भने स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए३१ मागोरिल्ला ग्लास थ्रीको ब्यवस्थापनि गरेको

ओपो ए३१ मा तीनओटा लेन्सको ब्यवस्था गरिएको छ भने कम प्रकाश भएका स्थानमा पनि उत्कृष्ट तस्विर खिच्न सकियोस् भन्ने सोचका साथ फोनको प्रमुख क्यामेरामा १२एमपी सेन्सर र एफ।१.८ एपर्चरको ब्यवस्थागरिएको कम्पनीले जानकारी दिएको छ

कम्पनीले सार्वजनिक गरेको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्ध छ भने प्रयोगकर्ताले आफ्नो आवश्यकत ाअनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको  माइक्रोएसडी कार्डको प्रायेग गर्न पनि सक्ने कम्पनीले जनाएको छ । उक्त स्मार्टफोनमा रहेको ४ जीबी ¥याम सहितको ओक्टाकोर प्रोशेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गतिलिने क्षमता राख्ने कम्पनीले जानकारी दिएको छ ।

४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री रहेको उक्त स्मार्टफोन ए३१को बजार मूल्य  कम्पनीले २६ हजार ५ सय ९० रुपैयाँ तोकेको छ ।

ओपो एन्को:

यसका साथै कम्पनीले आफ्नो आईओटी उत्पादन अन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्ल्यू ११, एन्को डब्ल्यू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानलमार्फत उपलब्ध गराउने ओपो एन्को डब्ल्यू११ को बजार मूल्य ३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी ई(कमर्स प्ल्याटफर्म दराजमार्फत उपलब्ध गराइने दूई उत्पादन एन्को डब्ल्यू ३१को मूल्य ६ हजार ९ सय ९० र एन्को एम३१ को मूल्य ४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved