
दराज र ईसेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने अफर ल्याएका छन् । दराजको वेबसाइटबाट कोड प्रयोग गरि र इसेवा मार्फत १ रुपैयाँ रकम तिरेर ग्राहकहरु यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरु साउन १२ गतेसम्म यस योजनामा सहभागी हुन सक्ने र विजेता घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिने कम्पनीले जानकारी दिएको छ । यस योजना मार्फत एक जना विजेताले १ रुपैयाँमा नै उक्त मोबाइल पाउने र बाँकि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउने जनाइएको छ ।
यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ गतेसम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि सामानको रकम ईसेवा मार्फत तिर्दा २० प्रतिशत र एक हजार रुपैयाँसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।