
नेपालमै पहिलो पटक लेखेरै घरमा बसी बसी पैसा कमाउन सकिने भएको छ । आफुले चाहेको, मन पराएको र मन लागेको बिषयमा वा कुनै सेवाको बारेमा समीक्षा लेखी त्यही लेखमार्फत आम्दानी गर्न सकिने ‘प्लेटफर्म’ को विकास भएको हो ।
युवा उद्यमी सन्तोष कुमार बिमली र उनको टिमले तयार पारेको यस प्लेटफर्ममा सम्मिलित भई जो कोहिले पनि आफ्नो लेखन कलाको सदुपयोग गरी लाभ लिन सक्ने छन् ।
कसरी सामेल हुने ?
सहभागी हुन MEROLEKH.COM
मा गएर रेजिस्टरमा क्लिक गरी आफ्ना डिटेल वा फेसबूकको माध्यमबाट रेजिस्टर गर्न सकिनेछ ।
कति आम्दानी गर्न सकिन्छ ?
आम्दानी लेखमा आउने भिउजमा भर पर्ने हुन्छ । आम्दानी कति हुन्छ भन्नेबारे बिस्तृतमा जानकारी लिन मेरो लेख डटकम भिजिट गर्न सकिनेछ ।
कति लेख लेख्न सकिन्छ ?
हाललाई अनगिन्ती लेखहरु लेख्न सकिने व्यवस्था मिलाईएको छ । तर ति लेखहरुको गुणस्तर हेरी स्तरीय लेखहरुलाई मात्र प्रकाशित गरिने छ ।
आम्दानी कसरी प्राप्त गर्न सकिन्छ ?
तपाईंका प्रकाशित लेखहरुमा आउने भिजिटरका आधारमा आम्दानी हुन्छ । तपाईँका प्रकाशित लेखमा आएका भिउजहरुको आधारमा तपाईले आर्जेको आम्दानी एक निश्चित बिन्दुमा पुगेपछी नेपालको हकमा कुनै पनि अनलाइन वालेट, बैंक ट्रान्स्फरको माध्यमबाट भुक्तानी गरिनेछ र यसमा कुनै प्रकारको शुल्क लाग्ने छैन ।