
अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १९ साउन सम्म लागू हुने कम्पनीले जनाएको छ ।
८ दिने सेल अभियानमा हुने बचत भौचर, बचत अफर, निशुल्क डेलिभरी, र अन्य धेरै अवसरहरु रहेको कम्पनीले जनाएको छ । यसबाहेक, ग्राहकले इसेवा मार्फत थप २० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउन सक्ने जनाएको छ । त्यस्तै मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउन सकिने जनाइएको छ ।
यस अभियान मार्फत ग्राहकहरुले अन्य धेरै पुरस्कार पनि जित्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीले सुजुकी बर्गम्यान स्ट्रीट १२५ सीसी महा बम्पर पुरस्कारको रूपमा राखेको छ । त्यस्तै इसेवा र दराज द्वारा संचालित वान रुपी गेम मार्फत आईफोन एसई जित्न सकिने जनाइएको छ । त्यस्तै उक्त अभियान अन्तर्गत सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर पनि जित्न सकिने कम्पनीले जनाएको छ ।