
सजिलो मेडसले साउन १३ गतेबाट अनलाइन फर्मा सेवा सुरु गर्ने भएको छ । डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको यो कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परिक्षणको सेवा दिनेछ ।
पहिलो चरणमा इमेर्जन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाडौँ भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य छ। कम्पनीले मैतिदेवीस्थित कार्यालयबाट काम सुरु गर्ने जनाएको छ ।
बैदेशिक रोजगारी र अध्ययनको लागि सन्तानहरु विदेशीने गरेकाले घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिन कठीनाइ भएको देखेपछि उनीहरुलाई सेवा पुर्याउने लक्ष्यले सजिलो मेडसको अवधारणा ल्याइएको बताईएको छ ।
विदेशमा लामो समय काम गरेका, काठमाडौँका प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्याउन सकिने कम्पनीका सञ्चालन एवम् को–फाउण्डर रमेश कुमार भट्टराईले बताए ।
कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई छन् ।