
शाओमीले दुई नयाँ स्मार्टफोन नेपालमा भित्र्याएको छ । कम्पनीले नयाँ स्मार्टफोन मोडल रेडमी ९ र रेडमी ९ए नेपाली बजारमा सार्वजनिक गरेको हो ।
शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँच योग्य बनाउने कम्पनीले जनाएको छ ।
रेडमी ९ पहिलो एन्ट्री लेबलको स्मार्टफोनको रुपमा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको कम्पनीले जानकारी दिएको छ । द्रुत स्न्याप, वाईड एन्गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोेट्रेट लिन रेडमी ९ ले मद्दत गर्ने जनाइएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले रेडमी ९ को ठुलो र उत्कृष्ट स्क्रिनका साथ अझ राम्रोसंग हेर्न सक्नेछन् ।
कम्पनीका अनुसार रेडमी ९ मा एक अनुकूलित मिडियाटेक हेलियो जी८० एसओसी छ जसले आफ्नो पूर्ववर्ती भन्दा १०७ प्रतिशत सुधारीएको प्रदर्शन प्रदान गर्दछ । रेडमी ९ मा ५०२० एमएएच ठुलो क्षमताको ब्याट्री रहेको छ भने १८ वाट्ट फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्दछ ।
त्यस्तै रेडमी ९ए मा ६.५३ इन्च ठुलो डिस्प्ले र ५०००एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ । रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु छन् रहेको कम्पनीले जानकारी दिएको छ । रेडमी ९ए मा १३एमपी रियर क्यामेरा छ जसले विभिन्न अवस्थाहरुमा तीव्र र सहजै स्फूर्तिदायक र स्प्रष्ट तस्वीरहरु खिच्ने कम्पनीले जानकारी दिएको छ ।
“शाओमीमा हामीले उल्लेखनिय स्मार्टफोन अनुभवहरु सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं । विशाल ५०२० एमएएच ब्याट्री र क्वाड क्यामेरा सेटअपका साथ रेडमी ९ र ६.५३ इन्च डट ड्रप डिस्प्लेका साथ रेडमी ९ए सुलभ मुल्यमा उपलब्ध एन्ट्री लेबल स्मार्टफोनको विशिष्ट विकल्प हुन् । हामी यी दुवै स्मार्टफोनहरु नेपालका हाम्रा मी फ्यानहरु र प्रयोगकर्ताका लागि ल्याउँन पाउँदा निकै उत्साहित छौं र हामी निरन्तर उनीहरुका लागी रेडमी परिवारको उत्कृष्ट उत्पादन ल्याउने आशा राख्दछौं ।” शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।
रेडमी ९ कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पल गरी तीन कलरमा उपलब्ध हुनेछ । जसको ३जीबी+३२जीबी भेरियन्टको मुल्य १६ हजार ९९९ रुपैयाँ कम्पनीले कायम गरेको छ । त्यस्तै ४जीबी+६४जीबी भेरियन्टको मुल्य १७ हजार ९९९ रुपैयाँ रहेको छ ।
यसैगरी रेडमी ९ए २जीबी+३२जीबी भेरियन्टको मुल्य ११ हजार ४९९ रुपैयाँमा आउँछ र तीन कलर: ग्रानाइट ग्रे, पिकक ग्रनि र स्काई ब्लु मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
दुवै फोनहरु आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाईन च्यानलमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।