
सजिलो मिल्सले मंगलबारबाट फुड होम डेलिभरी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा काठमाण्डौ भित्र संचालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु अर्डर गरेको एक घण्टामा घरमा पुर्याडउने लक्ष्य लिएको जनाएको छ ।
कम्पनीलका अनुसार हाल सम्म ३५ वटा रेष्टुरेन्टसंग यस सम्बन्धी संझौता भइसकेको र दोस्रो चरणमा घरमा तैयार हुने खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्यालउने कार्यक्रम रहेको छ । घरमा तैयार हुने खानाको लागि उपत्यका भित्र पाँच-पाँच जना महिलाको समूह बनाई पच्चिस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरिने कम्पनीेले जानकारी दिएको छ । उनीहरुलाई आवश्यक सामाग्रि, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयास गरिने कम्पनीले जनाएको छ ।
लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेका हुन् ।
अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा।सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकर बीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानीमा उक्त कम्पनी स्थापना गरीएको जनाइएको छ ।