बजारमा सिजीका फ्यान र कुलर उपलब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 04:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गर्मी मौसमलाई ध्यानमा राखि विभिन्न किसिमका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएको छ ।

विभिन्न साईज र स्वरुपमा धेरै भन्दा धेरै प्रकारमा फ्यानहरु ल्याएको सिजीले जनकारी दिएको छ । जसमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, रिजार्जयबल फ्यान, अल पर्पोज फ्यान, एक्जस्ट फ्यान, टेबल र वाल फ्यान जस्ता विशेषता रहेका छन् । 

आफ्नो आवश्यकता अनुरुप ग्राहकहरुको छानी–छानी सहुलियत दरमा खरिद गर्न सकिने जनाईएको छ । सिलिङ फ्यानमा अकर्षक डिजाईन, धेरै टर्क मोटर र आरपिएम रहेको, फ्यान चलाउदा विभिन्न किसिमका कुलरहरु फाल्ने जस्ता विशेषताहरु रहेका छन् । त्यस्तै, स्ट्याण्ड फ्यानमा पाँच वटासम्म ब्लेडहरु रहेको छ, जसको कारण धेरै भन्दा धेरै हावा प्रवाहसमेत गर्दछ । 

कुलरका प्रकारहरुमा डेजर्ट, विन्डोज, टावर र पर्सनल जस्ता रहेका छन् । यी कुलरहरुमा प्रायः सबैमा रिमोट पनि उपलब्ध गराएको छ । यसको मुख्य विशेषताहरु भनेको हनिकम प्याड, पावरपुल मोटर, आईस च्याम्बर, कार्बन फिल्टर, इनर्जी सेभिङ आदि जस्ता रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved