रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 07:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले आज नेपालमा रेडमी नोट सिरिज स्मार्ट फोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थप्ने घोषणा गरेको छ । यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्ट फोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ९ प्रो म्याक्स वास्तविक फ्यानहरुका लागि निर्माण गरिएको बताए । 

‘हामीले पहिलो पटक मी पावर बैंक २ आईको साथ ब्राण्डको नयाँ कोटीमा पावर बैंक भित्र्याउन पाउँदा निकै खुशी छौं’ उनले भने, ‘हामी नेपालका मी फ्यानहरुले सुलभ मुल्यमा उच्च गुणस्तर प्रविधिको मज्जा उठाउन भन्ने चाहन्छौं र लामो समयदेखि देशमा पावर बैंकको बढ्दो बजारलाई अवलोकन गरेर हामीले पावर बैंकको नयाँ लाइनमा मी को पावर बैंक ल्याउने निर्णय गरेका छौं ।’

रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट—इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा ६जीबी+१२८जीबी र ८जीबी+१२८जीबी स्टोरेज भेरियन्टमा क्रमशः रु ३१ हजार ९९९ र ३४ हजार ९९९ मा उपलब्ध हुनेछ ।

मी  पावर बैंक २आई दुई भेरियन्टमा —१०००० एमएएच र २०००० एमएएचमा  क्रमश १ हजार ८९९ र ३ हजार १९९ मा उपलब्ध हुनेछ ।

दुवै फोन र पावर बैंक सबै आधिकारिक मी स्टोर,रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved