सिजी ब्राण्डको आधिकारीक वेबसाईट शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 10:13:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सिजी ब्राण्डले आफ्नो आधिकारीक वेबसाईट www.cginspiringlife.com शुरु गरेको छ । उक्त वेबसाईट ग्राहक, डिलरलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको हो । 

यस वेबसाईटमा उपभोक्ताहरुले आफुले खरिद गर्ने सामानको विशेषता देखि लिएर वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्ने सिजीले जानकारी दिएको छ  ।

यस वेबसाईटमा सि.जी.ब्राण्डमा रहेका एल.ई.डि टि.भी., रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राईजकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी जस्ता सम्पूर्ण घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको छ । 

साथै यस वेबसाइटमा सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेण्टी आदिको दाबी दर्ता गर्नूका साथै सोको अवस्था वेबसाईटबाट नै हेर्न सकिनेछ । साथै ग्राहक वर्गहरुको सुविधाको लागि यस वेबसाईटमा सि.जी.का सर्भिस सेन्टरहरुको स्थान र सम्पर्क नं. पनि राखिएको छ । 

यसमा भएको स्टोर सेक्सनबाट ग्राहकहरुले आफ्नो नजिकमा रहेको सोरुम पनि सजिलै पत्ता लगाउन र सम्र्पक पनि गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved