शाओमी नेपालको अडियो श्रेणीमा “रेडमी इयरबड एस” को प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 04:22:04 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले नेपालको अडियो उत्पादन श्रेणीमा अर्को उत्पादन थप गरेको छ । यससंगै ब्राण्डले एक्सेसरिज र इकोसिस्टम स्पेसमा गहिराई बुझ्ने योजना बनाएको छ । रेडमी इयरबड एस सबैका लागि वास्तविक वायरलेस अनुभव प्रदान गर्ने लक्ष्यका साथ उच्च गुणस्तरको सुलभ टु वायरलेस समाधानको बढ्दो आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएको हो ।

रेडमी इयरबड एस दुवै बड र केसमा एक अविश्वसनिय कम्प्याक्ट डिजाइनमा आउँदछ । बड इयर क्यानेलमा आरमदायक ढंगबाट फिट हुने गरि बनाइएको छ जसले लामो समयसम्म प्रयोग र न्यून कानको थकान सुनिश्चित गर्दछ । म्याट ब्ल्याक फिनिशमा कम स्पेस लिनका लागि डिजाइन गरिएको केस सहजै पकेटमा राख्न योग्य छ । इयरबड बटनको उत्तम सामना प्रतिक्रिया र सहज ब्लुटुथ पेयरिङ्गले समस्या मुक्त अनुभव प्रदान गर्दछ । रेडमी इयरबड एस ले उच्च स्तरको बहु-उपयोगिता प्रदान गर्दछ त्यसका लागि सिङ्गल बटन इन्टरफेसलाई धन्यवाद जुन फोन उठाउन र काट्न, गीत सुन्न र रोक्न, भोइस एसिस्टेन्ट र सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिन्छ ।

डेडिकेटेड गेमिङ मोड९लो लेटेन्सी मोड० ले गेम खेल्दा अडियो ल्यागलाई कम गर्दै स्तरीय अग्रणी वारयलेस लेटेन्सीलाई १२२एमएस मा ल्याउँछ । रेडमी इयरबड चार्जिंग केसका साथ १२ घण्टाको उपयोग प्रदान गर्न सक्षम छ । बहु—परिदृश्यहरुमा अधिक उपयोग्यताका लागि रेडमी इयरबड एस आइपीएक्स ४ रेटिङका साथ आउँदछ जसले यसलाई पसिना र दाग प्रतिरोधी बनाउँछ ।

यस इयरबड नेपालमा प्रयोगकर्ताहरुको श्रवण प्राथमिकता अनुसार ट्युन गरिएको छ । तिनीहरुले इमर्सिभ साउन्ड अनुभव प्रदान गर्दछन् त्यसका लागि ३ विभिन्न आकारका सिलिकन टिप्स छन् जसले सही फिट र निष्क्रिय आवाज आइसोलेसन प्रदान गर्दछ । इनभारोमेन्ट नोइन केन्शीलेसनले बिल्ट इन माइक्रोफोनका साथ किस्टल क्लियर क्वालिटीको अनुमति दिन्छ ।

रेडमी इयरबड एस कालो रंगमा उपलब्ध हुनेछ र तीन हजार १९९ रुपैयाँमा देशभरका सम्पूर्ण आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा छिट्टै उपलब्ध हुने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved