एलजीको नयाँ वासिङ मेसिन नेपाली बजारमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 07:12:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एल.जीको नयाँ भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा भित्रिएको छ । एईडिडि टीएम मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा भित्रिएको हो । 

उक्त मेसिनमा एआईडीडी टीएम जस्ता लेटेस्ट प्रविधि रहेको कम्पनीले जानकारी दिएको छ । जसले कपडा तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त प्रविधिले कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउछ ।

त्यस्तै उक्त मेसिनमा स्टिम प्लस टीएम प्रविधि रहेको र त्यसले कपडाको कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै उक्त स टीएम प्रविधिले कपडाहरुलाई खुम्चिन बाट बचाउदछ । 

नेपालमा एल.जी. ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जि. इम्पेक्स रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved