नेपालमै बन्न थाल्यो ‘बदाम ड्रिंक्स ', स्वदेशी बस्तुको मात्र प्रयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 23, 2020 | 01:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को माहामारीका समयमा पनि ‘रिलायबल चक्र बदाम ड्रिङ्स’ले आफ्नो उत्पादन जारी राखेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनारमा उद्योग रहेको रिलायबल फुड एण्ड वेभरेजले लकडाउन सुरु हुनु २ महिना अघि उत्पादन थालेको थियो । उद्योग सञ्चालनमा आएको २ महिनापछि नै कोभिडका कारण मूलुक लकडाउन हुँदा कम्पनीका सञ्चालकहरु केही अताल्लिएका थिए ।

तर, लकडाउन भएपनि कृषकले उत्पादन गर्ने दुध खेर जान नदिन आंशिक भएपनि उद्योग चलाईरहे । सञ्चालक मदन चुडाल भन्छन्, ‘लकडाउन भएपनि कृषकले उत्पादन गरेको दुध खेर नजओस् भनेर कामदारलाई २ सिफ्टमा राखेर भएपनि उद्योग चलाईरहेका छौँ ।’

हाल रिलायबल चक्र बदाम ड्रिङ्स र किमु ब्राण्डको इनर्जी दिने बदाम जुस (ड्रिङ्स) उत्पादन गरिरहेको रिलायबल फुड एण्ड वेभरेजले अन्य उत्पादन पनि बजारमा ल्याउने योजना बनाएको छ । आयात प्रतिस्थापन गर्दै मूलुकलाई ‘इनर्जी ड्रिङ्स’ को उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ २ युवाले सुरु गरेको यो उद्योगका ब्राण्ड छोटो समयमा नै लोकप्रीय बनेका छन् ।

‘अहिले पनि विभिन्न स्वादका इनर्जी ड्रिङ्सहरु भारतबाट आयात हुँदै आएको छ’ चुडाल भन्छन्, ‘तर हामीले उत्पादन गर्ने यो ड्रिङ्स न्युट्रेशन ड्रिङ्स हो, यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।’

मिसावट के के ?

६ महिना अघि १ सय जना कामदार राखेर रिलायबल फुड एण्ड वेभरेजले आफ्नो उत्पादन सुरु गरेको थियो । अहिले पनि सय बढी कामदारहरु विहान–बेलुकाको सिफ्टमा काम गरिरहेका छन् । अहिले बजारमा आइरहेका रिलायबल फुड एण्ड वेवरेजका उत्पादनमा दुध सबैभन्दा धेरै प्रयोग हुन्छ ।


‘हामीले दुध खपत बढाएका छौँ, हाम्रो उत्पादनमा ९८ प्रतिशत दुध खपत हुन्छ’ सञ्चालक चुडालले भने, ‘बदाम, अलैची र चीनि पनि प्रयोग हुन्छ ।’

इनर्जी ड्रिङ्सको उत्पादन देशमै पहिलो पटक

रिलायबल फुड एण्ड वेभरेजले इनर्जी ड्रिङ्सको उत्पादन नेपालमै पहिलो पटक सुरु गरेको हो । ११ करोड लगानीमा सुरु भएको यो उद्योगको लागत बढेर अहिले १७ करोड पुगिसकेको छ । 

नेपालको आन्तरिक बजारमा हुने इनर्जी ड्रिङ्सको मागलाई पूर्ति गर्ने उद्देश्यले स्वदेशी दुध, अलैँची, बदाम, केशर र स्वदेशी चीनि नै प्रयोग गरेर उत्पादन थालेको यो उद्योगले भारत लगायत देशबाट आउने इनर्जी ड्रिङ्सको आयातलाई रोक्ने लक्ष्य लिएको छ । 

‘हामी युवा हौँ, तुरुन्तै रिजल्ट दिने उद्योगहरु सञ्चालन गर्न सक्छौँ’ चुडाल भन्छन्, ‘यसरी युवाहरुले स्वदेशमै उद्योग सञ्चालन गर्दा राज्यलाई पनि फाइदा भएको छ, कोरोनाको कहरका बीचमा पनि हामीले थोरै भएपनि कर तिर्न सकेका छौँ । सरकारले हामी जस्ता युवा उद्यमीलाई बचाउन आयातमा भन्सार बढाएर हुन्छ की, आयात रोकेर हुन्छ विदेशी बस्तुको दबदबा हटाउन सक्नुपर्छ ।’

दुधको मात्रा बढी हुने भएकाले यसमा हानिकारक चिजको प्रयोग शून्य छ । त्यसैले यो ड्रिङ्स जुनसुकै उमेर समूहका व्यक्तिहरुले सेवन गर्न सक्ने अध्यक्ष अशोक शाह बताउँछन् । दुध र बदामको मिश्रणबाट यो ड्रिङ्स तयार हुने भएकाले यसले मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने उनको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved